arrow

भारतीय प्रधानन्यायाधीश चन्द्राच्युड नेपालमा, यस्तो छ कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
anandamohan-bhattarai-dr-ch.jpg

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको  निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा डीवाई चन्द्राच्युड  नेपालको तीन दिने औपचारिक  भ्रमणमा आएका छन् । 

भारतका प्रधानन्यायाधीश डा चन्द्राच्युड सहितको प्रतिनिधिमण्डल शुक्रबार नेपाल आइपुगेको हो । भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गरे । 

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युडले केन्द्रीय बाल न्याय समितिले शनिबार आयोजना गर्न लागेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सम्बोधन’ गर्ने कार्यक्रम रहेको छ । 

शनिबार साँझ नेपालका प्रधान न्यायाधीश र  भारतका प्रधानन्यायाधीशबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम रहेको छ । नेपालका प्रधान न्यायाधीशले भारतको प्रधान न्यायाधीशको सम्मानमा शनिबार रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
     
भ्रमण दलमा भारतका प्रधान न्यायाधीशसहित उनकी धर्मपत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोट मास्टर चेतन अरोरा रहेका छन् । 

उक्त उच्चस्तरीय भ्रमण दल आइतबार साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ