arrow

नेपाल–भारत सम्बन्ध बिथोल्न चिनियाँहरु सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
Nepal-India-china-flag.jpg

काठमाडौँ । नेपाल र भारतबीचको सम्बन्ध बिगार्न चिनियाँहरु सक्रिय भएको पाइएको छ । पहिले गोप्यरुपले सक्रिय चिनियाँहरु पछिल्लो समय खुलेआम नै सम्बन्ध बिगार्न लागिपरेका हुन् । 

नेपाल र भारतबीच सदियौँदेखि सम्बन्ध कायम रहेको छ । अझ त्यसमा पनि मधेस क्षेत्र र भारतको सम्बन्ध थप सुमधुर रहेको छ। भारतसँगको नेपालको सम्बन्ध छिमेकीको हैसियतले मात्र नभइ रोटी बेटीको रहेको छ ।  

नेपालको आधार क्षेत्र मानिने मधेसमा चिनियाँ उपस्थिति बढाएर मधेस र भारतको सम्बन्धमा दरार पैदा गर्ने गतिविधिहरु गरिरहेका छन् । राजनीतिक र सांस्कृतिक रुपमा नजिक रहेको मधेस र भारतको सम्बन्ध बिथोलेर आफ्नो प्रभाव विस्तार गर्ने काममा चिनियाँहरु लागिरहेका हुन् । 

मधेस लगायतमा क्षेत्रमा अपराधका गतिविधिहरु बढाएर मधेसी समुदायलाई बदनाम गराउने र चिनियाँ राजनीतिक प्रभाव विस्तार गर्ने योजनामा चिनियाँहरु मधेसमा केन्द्रित भएको देखिन्छ। मधेसले चिनियाँहरुको प्रवेशप्रति विरोध गरे पनि केन्द्र सरकारले भने यसलाई गम्भीरपूर्वक लिएको देखिँदैन।

राष्ट्रिय एकता अभियानले पटक पटक सरकारको ध्यानकर्षण गराए पनि सुनुवाइ भएको छैन । अझ चिनियाँ राजदूत नै यस्ता गतिविधिमा सक्रिय भएको आरोपसमेत लागेको छ । 

राष्ट्रिय एकता अभियानले चिनियाँ राजदूत छोन सङलाई स्पष्टीकरण सोध्न माग गर्दै गएको असारमै परराष्ट्र मन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाएको थियो । तर सरकारले यसमा केही सुनुवाइ गरेन ।  

राजदूत सङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा गलत प्रचारमात्र गरेका थिएनन् काठमाडौँको एक पाँच तारे होटलमा भएको कार्यक्रममा भारतको विरोध गर्दै नेपाली कम्युनिष्ट नेताहरुको 'ब्रेन वास' गर्ने काम गरेका थिए । 

उनले भारतले नेपालको कहिल्यै हित नगरेकोसमेत बताएका थिए । यो विषयलाईसमेत एकता अभियानले गम्भीरपूर्वक लिएको बताएको थियो ।

अभियानका अध्यक्ष विनय यादवले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा राजदूत सङका हालैका कथनका बारेमा मन्त्रीको ध्यानाकर्षण गराइएको थियो । 

अभियानले ब्यक्त गरेको चाँसोले नेपाली जनताको आम भावनालाई प्रतिबिम्बित गरेको दाबी गर्दै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितको संरक्षण सुनिश्चित गर्न उपयुक्त कदम चाल्न तथा यी सरोकारहरूलाई सम्बोधन गर्न आग्रह गरेको थियो । 

राजदूत नै यसरी खुलेआम भएर लागेपछि भित्रभित्र आपराधिक क्रियाकलाप गर्ने चिनियाँका पछाडि कतै चीन सरकार नै त लागेको छैन भन्ने आशंकासमेत बढेको छ । 

पछिल्लो समय सुरक्षा निकाय पनि निकै सतर्क भइरहेको बताइएको छ । यद्यपि आपराधिक गतिविधि गर्नेहरु उपत्यकाबाट अलि टाढा मधेसतिर सल्केको प्रहरी स्रोत बताउँछ ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ