राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनलाई सघाउन उपसभापति खड्काको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
464
Shares
भक्तपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रिसभा सदस्य निर्वाचनमा सत्तागठबन्धनका साझा उम्मेदवारका पक्षमा मतदान गर्न भक्तपुरका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसबाट विजयी हुने सांसद, कांग्रेसका प्रदेशसभा सदस्य, जिल्लाका कांग्रेसका नेता एवं पदाधिकारीहरु, प्रतिनिधिसमेतको भेटघाट एवं छलफलमा उनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई विजयी गराउनुपर्ने कर्तव्य पार्टीमा आएको बताए ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहेका उपसभापति खड्काले पार्टी केन्द्रीय कार्यसमितिले जारी गरेको सर्कुलरलाई आत्मसात् गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका पक्षमा मतदान गर्नु प्रतिनिधि सबैलाई आह्वान गरेको कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले जानकारी दिए ।