दक्षिण अफ्रिका विरुद्धको टेष्टमा रोहितको कमजोर प्रदर्शन, कोहली संयमित
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
930
Shares
काठमाडौँ । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेष्ट क्रिकेट आजदेखि सेन्चुरियनमा शुरु भएको छ । खेलमा टस जितेर दक्षिण अफ्रिकाले पहिले बलिङ रोजेसँगै ब्याटिङमा उत्रेको भारतले कमजोर शुरुआत गरेको छ ।
२४ रन जोड्दा ३ विकेट गुमाइसकेको भारतका लागि पूर्व कप्तान विराट कोहली र श्रेयस अय्यरको जोडी संयमित भएर खेलिरहेको छ ।
भारतले खाना समयसम्म २६ ओभरमा ३ विकेट गुमाएर ९१ रन बनाइसकेको छ । कोहलीले ३३ तथा अय्यरले ३१ रन बनाए ।
भारतले दक्षिण अफ्रिका भ्रमणमा दुई खेलको टेष्ट श्रृंखला खेल्दैछ । यसअघि भएको टी–२० श्रृंखला १–१ को बराबरीमा सकिएको थियो भने तीन खेलको एक दिवसीय २–१ ले भारतले जितेको थियो ।