arrow

नीतिगत रूपमा चरम भ्रष्टाचारको युगमा मुलुक : स्वर्णिम वाग्ले [भिडियो]

नियमनकारी निकाय कब्जा गरेर नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
swarnim-wagley-new.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचारको युगमा मुलुक रहेको बताएका छन् । शुक्रवार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् । 

उनले नेपालमा नीतिगत सेटिङका आधारमा नियुक्ति समेत किनबेच हुने गरेको बताए । उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए । उनले वैदेशिक सहायता निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताए । उनले अहिले कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने काम भइरहेको बताए । उनले ठेकेदार,नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच,नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताए । उनले वैदेशिक एजेन्सीहरूले दिने सहयोगमा अझै पनि त्यस्ता ठाउँहरूमा निरपेक्ष रूपमा आर्थिक मितव्ययिताका लागि सर्त आवश्यक रहेको बताए ।

उनले भने,‘ देशै भताभुङ्ग भएको बेलामा एण्डलाइटण्ड कण्डिसाइलिटिको पक्षधर हो । केहीले त बाधि दिनुपर्‍यो । केहीले नज गर्नुपर्‍यो । नभए यहाँ हरेक नियुक्तिदेखि बेचबिखन हुने । नीतिगत सेटिङको हिसाबले नियमावली चैतमा १२ औँ संशोधन गर्नुहुन्छ । कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको कुरै नगरौँ । सबैतिर भ्रष्टाचार,पार्टीहरूको आर्थिक बाटो कमसल पूर्वाधारबाट हुन्छ । ठेकेदार,नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच,नीतिगत कब्जा(नियमनकारी निकाय नै कब्जा गर्ने),संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौं । यसको अन्त्य हामी गर्छौँ । पूर्वाधारमा पनि यस्तो भइरहेको छ । तीन वटैमा बाहिरबाट पैसा दिनेहरूले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला ? निष्पक्ष रूपमा अरू केही जान्दैनन् हामी नै हौँ जानकार ७० को दशकमा आए होलान् । तर अहिले हामी संवाद गर्नसक्छौं । तिम्रो कुरा मान्य छैन भनेर निकाल्न सक्ने हैसियत छ । तर जहाँ जहाँ चाहिन्छ त्यहाँ वित्त सर्त आवश्यक छ ।’

उनले प्रदेश सरकारहरूलाई पञ्चवर्षीय योजनाहरू बनाउन कन्सल्टेन्ट बुद्धिजीवीहरूको आवश्यकता नभएको बताए । उनले सरकारले बनाउने नीतिमा लैङ्गिक,धार्मिक,जातीय अवस्थालाई समावेश गर्ने खालका नीतिहरू बनाउन सके सङ्घीयता त्यसको एउटा अंश हुनसक्ने बताए । उनले सिंहदरबारमा १० जना एडभाइजर राखिएको तर अब कोशी,कर्णालीमा पनि राख्नुपर्छ भन्ने कुरा आफू सरकारमा गयौँ भने खारेज गर्ने बताए । उनले खुद्रे खालका योजनाहरूमा पनि निर्मम भएर अगाडि बढ्ने बताए । उनले बुझेको, देखेको र भोगेको कुरालाई कार्यान्वयन गर्नुपर्ने आवश्यक रहेको बताए । उनले अति अल्पविकसितबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने कुरामा धेरै हाउगुजी भइरहेको बताए । उनले वैदेशिक व्यापारमा सहुलियत कहाँ पाइन्छ, कहाँ गुम्छ र सम्भावित प्रतिस्पर्धी को हो ? भनेर गम्भीर भएर विश्लेषण कसैले नगरेको बताए ।

उनले भने,‘ सङ्घीयता भनेर दौडिएको देख्छु । कोशी सरकारलाई सहयोग गर्न कन्सल्टेन्ट पठाई दिनुपर्‍यो । उनीहरूको पञ्चवर्षीय योजनाहरू बनाई दिनुपर्‍यो । कन्सल्टेन्ट बुद्धिजीवीहरूको सर्कल छ । कुनै जमानामा म पनि थिए । यी एजेन्डाहरू फिल्ब गर्नुपर्‍यो । लैगिक,धार्मिक,जातीय अवस्थालाई समावेश गर्ने खालका नीतिहरू हुनुपर्छ । सङ्घीयता त्यसको एउटा अंश हुनसक्छ । सिंहदरबारमा १० जना एड्भाइजर राखिदिएका थियौँ । कोशी,कर्णालीमा पनि राख्नुपर्‍यो भन्ने कुरा हामी सरकारमा आयौँ भने त्यस्तो खालको मोडललाई रोक्छौँ । खुद्रे खालका योजनाहरूमा पनि निर्मम भएर अगाडि बढ्छौँ । बुझेको देखेको र भोगेको कुरालाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । विकासशील मुलुकमा स्तर उन्नति हुने कुरामा हाउगुजी धेरै छ । व्यापारमा सहुलियत कहाँ पाइरहेका छौं। कहाँ गुम्ने वाला छ । सहुलियत अनुदानहरू कति हुन सक्छन् । सम्भावित प्रतिस्पर्धी को हो भनेर गम्भीर भएर विश्लेषण कसैले गरेको छैन । ग्राण्ड लोनको अवस्था एलडिसी भएकै कारण लगभग शून्य छ । नेपालमा हाउगुजी आकाशै खस्छ जस्तो गरिएको छ । नयाँ खालका ग्राण्ड घट्ने वाला छ । एलडिसी भएको कारण ग्राण्ड धेरै आएको छैन । आए पनि २ देखि ४ मिलियन होला । विश्व बैङ्क,एडिबीहरूको सहयोग पनि जीओ पोल्टिकलको कारणले आइरहेको छ । माएडिजीहरुको संरचनाको कारण आइरहेको छ । अति कमबाट विकसित विकास उन्मुखतिर गयौँ भन्ने कुरामा अध्ययनको कम छ । अब ग्राण्डमा निजी लगानी ल्याउनु प¥यो ।’

उनले ग्राण्ड लोनको अवस्था एलडिसी भएकै कारण लगभग शून्य अवस्थामा रहेको बताए । उनले विश्व बैङ्क,एडिबीहरूको सहयोग पनि भूराजनीतिकको आइरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ