arrow

भ्रष्टाचार महामारीझैँ फैलियो – स्वर्णिम वाग्ले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
swarnim-wagle-tanahu-1-rsp.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले विगत केही वर्षमा भ्रष्टाचार महामारीझैँ फैलिएको बताएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले बजेट निर्माणमा अनधिकृत मानिसको प्रवेशको सम्बन्धमा अर्थमन्त्रीको जवाफ माग गरेका थिए । 

उनले भने, ‘बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पुर्याएजस्तो गरेर, बैठक बसेर, नियमावलीहरु नै संशोधन गर्दै, अख्तियारले समेत समाउन नसक्नेगरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगोझैँ सल्किएको छ । सक्छौँ भने मलाई जेल हाल भन्ने हुँकारको जननी त्यही हो । दण्डहिनताको यो चुरीफुरी बिरुद्ध हामी उभिएका छौँ र यसलाई तोडेरै छाड्ने हाम्रो दल राष्ट्रिय स्वतन्त्र पार्टीको संकल्प छ । अर्थमन्त्रीको यि ३ कुरामा जवाफ आओस्, निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुनेगरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ? एचएस कोडको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि, प्रक्रिया पु¥याएर सल्लाहकारिय भुमिकामा राखिएको हो कि होइन ? एचएस कोडका दरहरु टाइप गर्नसक्ने जनशक्तिको आकार के एकजना वा दुईजना मात्रै हुन् ? भन्सार प्रणालीको सुधार गर्न यो वर्ष अर्थमन्त्रीको इमान्दार पहल होला कि नहोला ?’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ