arrow

सरकारले राजस्व सङ्कलन गर्ने लक्ष्य पुरा गर्न सक्दैन : स्वर्णिम वाग्ले (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
wagle-swarnim.JPG

काठमाडौं । सांसद डा.स्वर्णिम वाग्ले सरकारले राजस्व सङ्कलन गर्ने लक्ष्य पुरा गर्न नसक्ने बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् । उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व सङ्कलन प्रक्षेपण गर्न नसकेको आरोप लगाए ।

उनले सरकारले असार १८ गतेसम्म राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताए । उनले अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताए।

 उनले नेपालको औसत राजश्व सङ्कलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजश्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ