arrow

व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : स्वर्णिम वाग्ले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
swarnim-wagley-2080.jpg

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताएका हुन् । 

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै डा.वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि आएको भन्दै यस्तो बताएका हुन् । उनले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि उपभोक्ताको समेत अपेक्षालाई समेटेर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने बताए ।

 सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत र निर्यात वृद्धि मान्ने बताए । डा.वाग्लले जलविद्युतको समग्र हेर्दा कुल गार्हस्थ्य उत्पादनमा जम्मा १ प्रतिशत मात्रै रहेको बताए । उनले ३ हजार मेगावाट जडित क्षमतामा १ प्रतिशत मात्रै भएको भन्दै सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्न नसक्ने बताए । 

डा.वाग्लले सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारिता बारेमा बारेमा बनाएको कार्य योजनाको कार्य प्रगति समितिलाई दिन काम गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ