arrow

कतार गए परराष्ट्रमन्त्री, बन्धक विपिनको रिहाइको पहल गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
np-saud-new-samiti.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकास (एनपी) साउद शनिबार कतार गएका छन् । 

दोहा सम्मेलनमा सहभागी हुन उनी शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनका प्रेस संयोजक केशव साउदले जानकारी दिए । 

कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल–मुखारीसँग भेटवार्ता गर्ने छन् । 

मन्त्री साउदले यसअघि यही मङ्सिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

यस्तै उनले मङ्सिर ७ गते नेपालका लागि इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाइ जोशीको रिहाइका बारेमा छलफल गरेको मन्त्री साउदको स्वकीय सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले हिजो शुक्रबार मात्रै विपिनको रिहाइका विषयमा इजरेल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुको विषय हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेको उनका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । 

नेपाल र इजरेलबीचको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि परराष्ट्रमन्त्रीले स्पष्ट पारेको जोशीले बताए । 

जवाफमा संयोजक हर्चले इजरेलले जोशीलाई पारिवारिक सदस्य जस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन व्यक्त गरे। 

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि जोशी इजरेल गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ