arrow

संवाद सकारात्मक छ, विधानसम्मत माग पूरा गर्न नेतृत्व तयार छ : एनपी साउद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
np-saud-29.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच सघन संवाद भइरहे पनि अझै ठोस निष्कर्ष निस्कन नसकेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गगन-विश्व समूहले भृकुटीमण्डपमा तय गरेको विशेष महाधिवेशनको निर्वाचनसँगै संवादमा सक्रिय हुनुलाई सकारात्मक रूपमा लिएको जानकारी दिए।

नेता साउदले विशेष महाधिवेशन पक्षधरले अघि सारेका विधानसम्मत मागहरू सम्बोधन गर्न पार्टी नेतृत्व तयार रहेको दाबी गरे। "संवाद जारी छ, उहाँहरूले ल्याएका सकारात्मक प्रस्तावलाई हामीले सकारात्मक रूपमै लिएका छौँ," साउदले भने, "पार्टी एकता कायम गर्न सबै पक्ष गम्भीर हुनुपर्छ र भृकुटीमण्डपको भेला स्थगित गरेर साथीहरू फर्किनुपर्छ।"

उनले भृकुटीमण्डपमा भइरहेको कार्यक्रमलाई 'विशेष महाधिवेशन' नभई 'भेला' को संज्ञा दिँदै पार्टीको विधानअनुसारका मागहरू सम्बोधन गर्न नेतृत्व सकारात्मक भएकाले अब आन्दोलन छोडेर सहमतिमा आउन आग्रह गरे। हाल केन्द्रीय समिति बैठक जारी रहेको र सोही बैठकमार्फत सबै असन्तुष्टिहरूलाई विधिसम्मत ढंगले टुङ्ग्याउन सकिने उनको तर्क थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ