arrow

सैन्य सन्धि भएका मुलुक भन्दा अन्त सेनामा नेपाली भर्ना गर्ने सरकारको नीति छैनः परराष्ट्रमन्त्री  [भिडियो]

रुस युद्धमा मारिएका नेपालीहरुको शव स्वदेश फर्काउन पहल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
np-saud-new-samiti.jpg

काठमाडौँ ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले परम्परागत सैन्य सन्धी भएका मुलुकहरु भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति नरहेको बताएका छन् । 

शुक्रबार बसेको संसदीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रुस युद्धमा मारिएका नेपालीहरुको शव स्वदेश फर्काउन र सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि पहल भइरहेको बताए । 

उनले कुनैपनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भइरहेको पनि बताए । उनले रुस जाने र सेनामा भर्ती हुने अधिकांशहरु विद्यार्थी भिसा, भिजिट भिसा र केही कामदार भिसामा गएको पाइएको बताए । 

उनले जुन प्रयोजनले गएका हुन्, त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर एनओसी लिनुपर्ने प्रवन्ध मिलाइएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ