-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जाजरकोट । जाजरकोटका विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्प गइरहेको छ । शुक्रबार राति गएको भूकम्पपछि पराकम्प जाने क्रम जारी छ ।
भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनामा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा शुरु गरिएको छ ।
दश शय्याको अस्पतालको रूपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा सुरु गरिएको हो ।
गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले बताइन् ।
भूकम्पको केन्द्रविन्दु रामीडाँडा गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटरको दुरीमा पर्छ ।