arrow

समान्ता पावरसँग एनपी साउदले गरे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
samantha-power-saud.jpg

वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलबार भेटवार्ता भएको छ ।

उक्त भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा युएसएआइडीका चालु कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको थियो । 

भेटका अवसरमा प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता जाहेर गरेकी थिइन् ।

प्रशासक पावरले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि नियोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार तथा निजी क्षेत्रमार्फत लगानीका सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गरेकी थिइन् । 

युएसएआइडीको मुख्यालय वाशिङ्टन डिसीमा भएको सो भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत छ दशकभन्दा लामो समयदेखि युएसएआइडीले पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

भेटका अवसरमा उनीहरुले दुई देशका बीचमा विगत ७५ वर्षभन्दा लामो समयदेखि नेपाल अमेरिकाबीचको निकट साझेदारी र सम्बन्धका विषयमा चर्चा गरेका थिए ।

सन् २०२२ को मे ५ मा पाँच वर्षका लागि नेपाल सरकार र युएसएआइडीले गरेका विकाससम्बन्धी सम्झौताअनुसार ६५ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्झौता भएको थियो ।

उक्त रकम नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भएर मध्यमस्तरको विकासशील देशका रूपमा प्रवेश भएपछिको अवस्थालगायतका विषयमा खर्च गरिने उल्लेख गरिएको छ ।

यस भेटका अवसरमा सहयोगका यी र अन्य परियोजनाका विषयमा पनि कुराकानी भएको थियो । नेपालको आर्थिक, सामाजिक क्षेत्रको विकासमा अमेरिकाले लामो समयदेखि सहयोग पुर्याउँदै आएको चर्चा मन्त्री साउदले गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ