चिनियाँ जहाजबारे विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
852
Shares
काठमाडौं । चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।
आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकको निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले नागरिक उड्डयन सम्बन्धित दुई वटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारी सहित उपस्थित हुन निर्देशन दिए ।