arrow

स्वास्थ्यकर्मीको दरबन्दी बढाउन चन्द्र भण्डारीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
chandra-bhandari3.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताएका छन् । 

शुक्रवार शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले स्वास्थ्य क्षेत्रमा थोरै जनशक्तिले काम गरिरहेको भन्दै स्वास्थ्यकर्मीको जनशक्ति थप्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन् । 

उनले स्वास्थ्यकर्मीहरुको संख्या बढाउँदा मात्रै पनि बिरामीको समस्या सम्बोधन हुने बताए । 

भण्डारीले चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिनै नसकिएको भन्दै कानून भएपनि कार्यान्वयन नभएको बताए ।

 उनले स्वास्थ्यकर्मीहरुले अस्पताल बन्द गरिदिँदा धेरै बिरामीको मृत्यु हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ