arrow

पर्यटन दिवसमा मन्त्रीको टिप्पणी- खुम्ले किराले पर्यटन क्षेत्रको विकास गर्न दिएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
sudan-kirati-bhanai.JPG

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन बोर्डभित्र खुम्ले किरा रहेको टिप्पणी गरेका छन् । बुधवार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन बोर्डभित्र खुम्ले किरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताएका हुन्। 

उनले भने,' हामीले ३५ सालको पर्यटन ऐन बोकेर बसेका छौँ । पर्यटन बोर्डलाई अब सक्रिय बनाएर लैजानु छ । हुन त त्यहाँभित्र खुम्ले किराहरू छन् । हामी पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनको निम्ति अघि बढ्नेछौँ ।’

उनले पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनको निम्ति अघि बढ्ने प्रतिबद्धता जनाए । उनले कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनीयता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकता रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ