arrow

झलनाथ एमालेतिर नजिकिँदा माधवले दिए गठबन्धनलाई दोष [भिडियो]

हामीलाई गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
madhav-kumar-nepal-2080-06.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई एमालेको एक पक्षले साथमा लिने प्रयास थालेपछि एसका अध्यक्ष माधवकुमार नेपालले  षड्यन्त्र भइरहेको बताएका छन् ।  सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका हुन् । 

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको इलाम क्षेत्र नम्बर २ मा एसका नेता खनाललाई प्रतिनिधि सभा सदस्यको साझा उम्मेदवार बनाउने गरी एमालेको एक पक्षले  रणनीति बनाइरहेको छ । भने नम्बाङकै कान्छा छोराले सो ठाउँबाट निर्वचन लड्ने सङ्केत देखाएका छन् । एमालेको अर्को पक्ष भने नम्बाङकै छोरालाई दिनुपर्ने लबिङ गरिरहेको छ । 

अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताएका छन् ।  उनले सबै सो षड्यन्त्रबाट होसियार रहन आग्रह गरे। उनले भने, ‘हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ । त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु । ' 

पार्टी भित्र नेपालले अन्तर पार्टी निर्देशिका (अपानी) आफू अनुकूल बनाएपछि पार्टी भित्र झलनाथसहित अन्य नेताहरू असन्तुष्ट छन् । झलनाथ पछिल्लो समय एमालेतिर नजिकिएसँगै नेपालले गठबन्धनलाई दोष दिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ