arrow

पार्टीहरुबीच परराष्ट्र नीतिमा सहमति हुनुपर्छ (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
np-saud-2080-04-21.JPG

काठमाडौं ।  परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले पार्टीहरुबीच परराष्ट्र नीतिमा सहमति हुनुपर्ने बताएका छन् ।   विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै मन्त्री साउदले पार्टीहरूको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतिको नीति हुनुपर्नेमा जोड दिएका हुन् ।

आइतबार कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले भने,'विदेश नीति पार्टी-पार्टीको छुट्टै हुने कुरा होइन कि यसमा सबै पार्टीहरूका बिचमा सहमति हुन सकोस् । हामी एकै ठाउँमा पुग्न सकौँ भनेर कोसिस छ । यदि अरू पार्टीहरूको पनि त्यो अपेक्षा छ भने सरकार त्यसमा दृढतापूर्वक, उदारतापूर्वक सबैका बिचारलाई राष्ट्रिय सहमतिका लागि ग्रहण गर्न तयार रहेको कुरा स्पष्ट गर्न चाहन्छु ।’

उनले  सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्ने गरी अगाडी बढाएको बताए परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडी बढाइएको पनि उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ