arrow

अवैध सुन प्रकरणमा विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी र तीन एजेन्ट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
100kg-gold-2080-04-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र ३ एजेन्ट गरी ६ जनालाई पक्राउ गरेको छ । 

विभागले विमानस्थल भन्सारका अधिकृत सन्तोष चन्द, जाँचकी (खरिदार) कुमार ढकाल र एक्स–रे प्राविधिक सरोज श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो । 

त्यस्तै भन्सार एजेन्टहरु झापा गौरादहकी रुक्मिला सुब्बा, चितवन मेघौलीका सुदर्शन गौतम र सिन्धुपाल्चोकका यादव पराजुली पक्राउ परेका हुन् ।

उनीहरुलाई विमानस्थल भन्सारबाट तस्करीको सुन पार गराएको आरोपमा पक्राउ गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ