arrow

आठ सहसचिवको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
Ban tatha batabaran mantralaya.jpg

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सहसचिवहरु सरुवा गरेको जनाएको छ ।

वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई  सरुवा गरिएको छ । 

उक्त विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले उमेरहदका कारण अनिवार्य अवकाश लिएपछि महानिर्देशक पद रिक्त थियो । 

सो विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ ।

यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे-तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा. सिन्धुप्रसाद ढुङ्गानालाई सरुवा गरिएको छ । 

निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनाको प्रमुखमा सरुवा गरिएको छ भने चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रीराज ढुङ्गानालाई मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयका प्रवक्तासमेत रहनुभएका मेघनाथ काफ्लेलाई राष्ट्रिपति चुरे-तराई मधेस संरक्षण विकास समितिको सदस्य-सचिवमा सरुवा गरिएको छ भने रेड कार्यान्वयन केन्द्रका प्रमुख डा. रामचन्द्र कँडेललाई मन्त्रालयमा सरुवा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ