विश्व टेष्ट च्याम्पियनशिप जित्न अन्तिम दिन भारतलाई २८० रन, सात विकेट हातमा
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
2.2k
Shares
काठमाडौं । विश्व टेष्ट च्याम्पियनशिप क्रिकेटको उपाधिका लागि फाइनलमा भारत र अष्ट्रेलिया खेलिरहेका छन् ।
इङ्गल्याण्डको ओभलमा जारी फाइनल जितका लागि भारतले ४४४ रनको विशाल चुनौती पछ्याइरेको छ । भारतले चौथो दिनको समाप्तिसम्म ३ विकेटको क्षतिमा १६४ रन बनाएको छ ।
आज पाँचौँ तथा अन्तिम दिन भारतले अझै २८० रन बनाउनु पर्ने हुन्छ । विराट कोहली ४४ तथा अजिन्क्या रहाने २० रन बनाएर अविजित रहेका छन् । आज पाँचौं दिन कोहली र रहानेले भारतको जितको बाटो तय गर्नुपर्ने हुन्छ ।
कप्तान रोहित शर्मा ४३, चेतेश्वर पुजारा २७ तथा शुबमन गिल १८ रन बनाएर आउट भएका छन् ।
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ट्राभिस हेडको १६३ तथा स्टेभेन स्मिथको १२१ रनको मद्धतटले ४६९ रन बनायो । चारतका मोहम्मद सिराजले ४ विकेट लिए ।