arrow

विश्व टेष्ट च्याम्पियनशिप जित्न अन्तिम दिन भारतलाई २८० रन, सात विकेट हातमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
virat-kohli-ajinkya-rahane.jpg

काठमाडौं । विश्व टेष्ट च्याम्पियनशिप क्रिकेटको उपाधिका लागि फाइनलमा भारत र अष्ट्रेलिया खेलिरहेका छन् । 

इङ्गल्याण्डको ओभलमा जारी फाइनल जितका लागि भारतले ४४४ रनको विशाल चुनौती पछ्याइरेको छ । भारतले चौथो दिनको समाप्तिसम्म ३ विकेटको क्षतिमा १६४ रन बनाएको छ । 

आज पाँचौँ तथा अन्तिम दिन भारतले अझै २८० रन बनाउनु पर्ने हुन्छ । विराट कोहली ४४ तथा अजिन्क्या रहाने २० रन बनाएर अविजित रहेका छन् । आज पाँचौं दिन कोहली र रहानेले भारतको जितको बाटो तय गर्नुपर्ने हुन्छ । 

कप्तान रोहित शर्मा ४३, चेतेश्वर पुजारा २७ तथा शुबमन गिल १८ रन बनाएर आउट भएका छन् । 

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ट्राभिस हेडको १६३ तथा स्टेभेन स्मिथको १२१ रनको मद्धतटले ४६९ रन बनायो । चारतका मोहम्मद सिराजले ४ विकेट लिए । 

भारतले अजिन्क्या रहानेको ८९ तथा शार्दुल ठाकुरको ५१ रनको मद्धतले २९६ रन बनायो । 

अष्ट्रेलियाले दोस्रो इनिङ्समा ८ विकेटको क्षतिमा २७० रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो । एलेक्स क्यारीले अविजित रहँदै ६६ रन बनाए । 

नौ राष्ट्रका टेष्ट टिमबीचको यो प्रतियोगिताको शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनल खेलेका हुन् । 

दक्षिण अफ्रिका तेस्रो, इङ्गल्याण्ड चौथो, श्रीलंका पाँचौँ, न्यूजिल्याण्ड छैटौँ, पाकिस्तान सातौँ, वेष्ट इन्डिज आठौँ तथा बंगलादेश पुछारमा रह्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ