arrow

वातावरण जोगाउन तात्यो बेथानचोक 

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० जेठ २३ मंगलबार
dhugkharba-environment-day.jpg

ढुंखर्क । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं २ को आयोजना तथा विभिन्न संघ संस्थाको सहकार्यमा बेथानचोक गाउँपालिकाको ढुंखर्क बजार क्षेत्रको सरसफाइ गरिनुका साथै विशेष चेतनामूलक कार्यक्रम आयोजना भएको छ । 

ग्रामीण विकास संस्था (एआरडी), लग्जम्वर्गको बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संस्था एइआईएन, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेथानचोक जेसीज, लायन्स क्लब अफ बेथानचोक, पार्वती एल्मुनाई एशोसियशन, पार्वती मा।वि। कृष्णगोपाल मा।वि।, पार्वती क्याम्पस, नयाँबस्ती टोल सुधार समिति, हातेमालो युवा समाज,  लगायतका स्थानीय संघ संस्थाहरुको सहभागातीमा सम्पन्न कार्यक्रममा बजार क्षेत्रमा चतनामूलक र्‍र्‍यालीका साथै सरसफाइ पश्चात् पाट्ने खोलामा पुगी कोण सभामा परिणत भएको थियो । 
 
सभालाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले प्रकृति सबैको साझा भएको र मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अङ्ग भएकोले यसको संरक्षण गर्नु सबैको दायित्व भएको औंल्याए  । 

पृथ्वी र प्रकृतिको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने कर्तव्य तथा जिम्मेवारी सबैको भएकोले वातावरण दिवसको अवसरमा स्वस्थ एवं स्वच्छ वातावरण सिर्जनाको प्रण गर्न सबैलाई आग्रह गरे । 

उनले अमूल्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै वातावरण जोगाउनु सबै पालिकाबासीको दायित्व भएको बताए । नेपालको संविधानले सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको र आफूहरुले पनि गाउँपालिकाको वातावरणीय सन्तुलन कायम गर्न विभिन्न गतिविधि गरिरहेको उनको भनाइ थियो । 

अध्यक्ष अधिकारीले वातावरण संरक्षणका लागि विभिन्न संघ संस्थाहरुसँग पनि सहकार्य भइरहेको बताए । जैविक विविधता र प्रकृतिको बिनास, भूक्षय, प्रदूषण तथा जलवायु परिवर्तनका समस्याहरूले प्रकृतिको असर परे पनि यसबाट मानव र पृथ्वीबासी अन्य जीव जिवात्मा नै पीडित हुने भएकोले स्वच्छ र स्वस्थ्य जीवन निर्वाहका लागि बेथानचोकको प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै प्राकृतिक सन्तुलन कायम राख्न सबै एकताबद्ध हुन आवश्यक रहेको बताए ।  

कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं २ का अध्यक्ष तथा कोणसभाका अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जसरी अघिल्लो पुस्ताले वर्तमान पुस्ताका लागि स्वच्छ र हराभरा प्रकृति छोडेर गएका छन वर्तमान पुस्ताले पनि भावी सन्ततिका लागि वातावरण जोगाएर राख्न आवश्यक रहेको जिकिर गरे । 

उनले क्याम्पस तथा विभिन्न विद्यालयका विद्यार्थी कार्यक्रममा सहभागी हुनु पुस्तामा जिम्मेवारी हस्तान्तरण भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ