वर्षैपिच्छे करका दर परिवर्तन गर्दा लगानी वृद्धि हुन सक्दैन: अध्यक्ष ढकाल (भिडियो)
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
810
Shares
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमार्फत हरेक वर्ष करका दर परिवर्तन गर्दा आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन नसक्ने बताएका छन्।
सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले आर्थिक विधेयकमार्फत सरकारले चालु आर्थिक वर्षमा कायम गरेका करका दरलाई समेत परिवर्तन गरेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बन्न पुगेको बताए ।
उनले आर्थिक विधेयकमा स्टिल तथा उत्पादनमूलक उद्योगमा कायम गरिएको करका दर परिमार्जन हुनुपर्ने बताए। उनले सरकारले बैङ्क तथा वित्तीय संस्थाहरू मर्ज हुँदा नियामक निकायले प्रोत्साहन गर्न दिएको छुटलाई कटौती गर्नु राम्रो नभएको बताए ।