arrow

परराष्ट्रमन्त्री ढाका जाँदै, हसिना र जयशंकरसँग वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
Np-saud-minister.jpg

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज बङ्गलादेशको राजधानी ढाका जाने भएका छन् ।  

परराष्ट्रमन्त्री साउद‘छैटौँ इन्डियन ओसन कन्फ्रेन्स २०२३’ सहभागी हुन ढाका जाने भएका हुन् । 

मन्त्री साउद आज बिहान ११ बजे ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा भाग लिनुका साथै मन्त्री साउदले  बङ्गलादेशकी राष्ट्रपति शेख हसिना, भारतीय विदेशमन्त्री एस. जयशंकर लगायत विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

अस्ति बुधबार मात्र  मन्त्री साउद राजा चार्ल्स तृतीयाको राज्याभिषेकमा सहभागी भएर बेलायतबाट फर्किएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ