arrow

राज्याभिषेकमा सहभागी भए परराष्ट्रमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २४ आइतबार
charles-III-king-uk.jpg

काठमाडौं ।  परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन् । 

वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी भएका हुन्। 

उनी शनिबार साँझ बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको  स्वागत समारोहमा पनि सहभागी भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । 

सो अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गरेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ