arrow

त्रीवी स्ववीयू नेतृत्व नेवीसंघलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
shyamraj-ojha-tu-student-union.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व नेपाल विद्यार्थी संघ नेवीसंघले पाएको छ । नेवीसंघ उम्मेदवार श्यामराज ओझा सभापतिमा निर्वाचित भएका हुन् । 

उनी ३३१ मतान्तरले विजयी भएका हुन् । ओझाले ९६२ मत पाउँदा अनेरास्ववीयूका प्रकाश विष्टले ६३१ मतमात्रै पाए । त्रीवीको चुनावमा १३ वटा भोटिङ मेसिनको प्रयोग गरी मतदान गरिएको थियो ।

यसपालि मतदान उत्साहजनक हुन सकेन । त्यहाँ ३ हजार ४०४ जना मतदाता रहेकामा २ हजार ७५ जनालेमात्र मतदान गरेका थिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ