arrow

सुरेशचन्द्र चालिसे बने राष्ट्रपति पौडेलका स्वकीय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
suresh-chandra-chalise-rastrapati-pa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । पूर्वराजदूत चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गरेका हुन् ।

यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका छन् । अधिकारी यसअघि पनि पौडेलको निजी सचिव थिए । 

पौडेलले सोमबारदेखि कार्यभार सम्हालेका छन् । उनले गत फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतभारले पराजित गरेका थिए । 

पौडेल नेपालका तेस्रो राष्ट्रपति हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ