arrow

आठ सय ८१ मतदाताले मतदान गर्दै राष्ट्रपति निर्वाचनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
president-election-parliament-2079-11-25.jpg

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनका लागि हुने मतदानमा  ८८१ जना मतदाता रहेका छन् । आजको निर्वाचनमा संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र ७ वटै प्रदेशका सांसदहरु मतदाताको रुपमा रहने निर्वाचन आयोगले जनाएको छ । 

जसअनुसार संघीय संसदका सांसदहरु ३३१ र प्रदेश सभाका सांसदहरु ५५० जना गरी जम्मा ८८१ मतदाताले राष्ट्रपति निर्वाचनमा मतदाताको रुपमा सहभागी हुन पाउने छन् ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ