arrow

राष्ट्रपतिका लागि सत्ता साझेदारबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
ramchandra-poudel-subash-nemwang.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता साझेदार दलका बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे सो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचन, चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन र मन्त्रीमण्डल विस्तार लगायतका विषयमा छलफल हुने बुझिएको छ।

यसअघि एमाले र राप्रपा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेको भए पनि अहिलेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेका छैनन् । 

त्यस्तै राष्ट्रपतिको निर्वाचनमा सत्ताधारीसहित आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चुनावी मैदानमा छन् । उनलाई एमालेका सुवासचन्द्र नेम्वाङले काउन्टर दिइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ