arrow

नयाँ राष्ट्रपतिलाई विश्वप्रकाशको यस्तो सुझाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
bishwaprakash_sharma.jpg
तस्बिर – फाइल ।

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगतलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित प्रदेश सभा सांसदसँगको अन्तरक्रिया कार्यक्रममा उनले विगतमा राष्ट्रपति विवादमा पर्नुको कारणलाई हेक्का राखेर नयाँ राष्ट्रपतिले काम गर्नुपर्ने बताएका हुन् । 

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।

आफ्नै पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाएका महामन्त्री शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा भएको कमी कमजोरीको समीक्षा गरेर यसपटक आफूहरु सेरेमोनियल राष्ट्रपति निर्वाचनमा धेरै सक्रियता देखाउनुपरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ