arrow

बैशाख १० को उपनिर्वाचन तनहुँ १ मा कि इलाम २ मा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
ramchandra-poudel-subash-nemwang.jpg

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनसँगै प्रतिनिधि सभा सदस्यतर्फ रिक्त हुने क्षेत्रको उपनिर्वाचन बैशाख १० गते गर्ने भएको छ । यसपालि राष्ट्रपतिमा दुवै जना प्रतिनिधि सभाका सांसदहरु आमने सामने भएकाले जसले जित्छ त्यो क्षेत्रमा पुनः निर्वाचन गराउनु पर्नेछ । 

जसका कारण अहिले रोचक पश््रन जोडिएको छ कि कुनै क्षेत्रका मतदाताले फेरि मतदान गर्नु पर्ने हो ? भनेर । हुन पनि मंसिर ४ मा भएको निर्वाचनमा मतदान गरेको धेरै भएको छैन । चुनाव जितेपछि सबै मतदातालाई भेट्न अहिलेसम्म विजेता पुगेका पनि छैनन् होला । 

आफ्ना गुनासा राखौँला भन्दाभन्दै अब तनहुँ १ वा इलाम २ का मतदाता निराश हुनुपर्नेछ । किनकि राष्ट्रपतिका दुवै उम्मेदवार सांसद हुन्् । रामचन्द्र पौडेल तनहुँ १ बाट र सुवास चन्द्र नेम्वाङ इलाम २ बाट चुनाव जितेका सांसद हुन् । 

त्यसकारण दुईमध्ये एक स्थानले भएको सांसद गुमाउने छ र नयाँ सांसद चाहिने छ । त्यसका लािग बैशाख १० मै निर्वाचन हुनेछ । यो निर्वाचनको मिति पहिले चितवन २ का लागि तय भएको थियो । 

चितवन २ का जितेका सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी पाइएपछि पद गुमाउन पुगेका थिए । सोही कारण चितवनमा उपनिर्वाचन हुँदैछ । त्योसँगै अब बाँकी स्थानमा पनि सोही दिन चुनाव हुने भएको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ का साथै अब रिक्त हुन सक्ने क्षेत्रको उपनिर्वाचन एकसाथै हुनेछ । जसमा राष्ट्रपतिका विजेताको स्थानमा पनि चुनाव हुनेछ । 

त्यसैगरी यदि चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा पनि कोही सांसद उम्मेदवार भएर चुनाव जितेमा त्यो स्थानमा पनि बैशाख १० मै निर्वाचन हुनेछ । 

बैशाख १० को निर्वाचन तनहुँ १ मा कि इलाम २ मा ? 
यो प्रश्नको जवाफ लगभग आइसकेको छ । तर मतदानअघि नै त्यो शोभनीय हुँदैन । यद्यपि गत फागुन १२ गते तत्कालीन सत्ता गठबन्धन तोडिएर जोडिएको आठ दलीय गठबन्धन राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि बलियो आधार हो । 

त्यो आधारमा रामचन्द्र पौडेलले जित्ने लगभग निश्चित छ  । सुवास नेम्वाङका लागि एमाले बाहेक कुनै पनि दलले अहिलेसम्म मत हाल्ने घोषणा गरेका छैनन् । अहिलेसम्म घोषणाविहीन मुख्य दलहरु राप्रपा र रास्वपा हुन् । 

अनिर्णित यी दलहरुले मत दिँदासमेत एमालेले जित्ने सम्भावना छैन । बाँकी त नेपाली राजनीतिमा ‘इलाभेन्थ आवर’ मा जे पनि हुन सकछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ