arrow

नजिकिँदो राष्ट्रपति निर्वाचन, यस्तो हुनेछ मतपत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
ramchandra-poudel-subash-nemwang.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ । जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ । 

रातो मतपत्र संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।

 राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । तर संघीय सांसदहरुको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । 

आठ दलबीच सहमति भएसँगै पौडेल संयुक्त उम्मेदवार बनेका छन् । एमालेले नेम्वाङलाई कसैको समर्थन बिना नै उठाएको छ । 

अहिलेसम्म राप्रपा र रास्वपा जस्ता दल भने खुलेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ