arrow

राष्ट्रपति निर्वाचन : आज तीनकुनेमा आठ दल जुट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
ramchandra-poudel-president-candidate.jpg

काठमाडौं ।राष्ट्रपति निर्वाचनका लागि आठ राजनीतिक दलले  तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा आज कार्यक्रम गर्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा हुने कार्यक्रममा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण गरिने भएको छ ।

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा कार्यक्रम हुने भएको हो । कार्यक्रममा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण गरिनेछ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्। भने नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिमा उम्मेदवार बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ