arrow

तेस्रो राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
Parliament_building-1619601493.png

काठमाडौं । मुलकको तेस्रो राष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले बिहान १० देखि दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरेको छ । 

नयाँ बानेश्वरस्थित संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ । आयोगले त्यहीँ नै चुनावी कार्यालय खोलेको छ । अहिलेसम्म कसको उम्मेदवारी पर्ने भन्ने यकिन नभए पनि  शुक्रबार बेलुकी आठ दलबीच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भएको छ । 

उम्मेदवार चयन गर्नका लागि कांग्रेसको अहिले बैकक बस्देछ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन कायम गरेपछि राजनीतिक परिस्थिति बदलिएको छ । 

नेकपा एमालेले भने राष्ट्रपति निर्वाचनमा के गर्छ ? भन्ने अझै अन्योल कायम छ । यद्यपि एमालेको अहिले सचिवालय बैठक बस्दैछ । 

बैठकले कांग्रेस उम्मेदवारलाई सघाउने वा सत्ता गठबन्धन तोडेर आफ्नो छुट्टै उम्मेदवार बनाउने भन्ने निर्णय गर्नेछ । 

एमालेले यसअघि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई जोड गरेको थियो । तर नेपालले एमालेलाई पत्याएनन् । 

यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने एमालेले आफ्नो उम्मेदवार उठाउने बताएका थिए ।  

यसअघि नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुन् । भण्डारीले दोस्रो कार्यकाल खाएकी छिन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुनेछ । त्यसपछि उपराष्ट्रपतिको निर्वाचन हुनेछ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ । 

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपाले दाबी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ