arrow

चार दलको 'ब्रेक'मा ओली बालुवाटारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
prachanda-oli-baluwatar-2079-11-10.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चाल दलको बैठक निष्कर्षमा पुग्न नपाउँदै केही घण्टाको ब्रेक लिएको समयको अवसर पारेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रपतिबारे छलफलका लागि ओली बालुवाटार पुगेका हुन् । यसअघि बिहानदेखि दिउँसोसम्मै माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० बीच बालुवाटारमा छलफल भएको थियो । 

तर त्यो छलफल निष्कर्षमा पुग्न नसकेपछि साँझ ५ बजेसम्मका लािग स्थगित भएको छ । सो समयको मौका छोपी केपी ओली बालुवाटार छिरेका हुन् । 

भोलि राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन हुँदैछ । सत्तारुढ दलबाट कसले उम्मेदवारी दिने टुंगो छैन । एमाले पुस १० को सहमति सम्झिदै एमालेकै नेता उम्ेमदवार हुन पाउनु पर्ने अडानमा छ । 

माओवादी केन्द्र्रले राष्ट्रिय सहमति भनिरहेको छ भने कांग्रेसले पुस २७ मा प्रचण्डलाई विश्वासको मत दिएकाले आफूले राष्ट्रपति पाउनु पर्ने भनिरहेको छ । 

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल भने आफ्नो पार्टीलाई पनि भाग चाहिने भन्दै आफू नै राष्ट्रपति बन्न पाउनु पर्ने अडानमा छन् । 

बैठकमा पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको नेताहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ