arrow

राष्ट्रपति निर्वाचन

मतदाताको उजुरीमाथि छानबिन गरी आज अन्तिम नामावली प्रकाशन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदाता नामावलीमा समावेश नाममा दाबी विरोध र उजुरीमाथि छानबिन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ । 

२५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका प्रकाशित मतदाता नामावलीमाथि परेका दावी विरोध र उजुरीमाथि छानबिन गरेर अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगले जनाएको छ । 

शुक्रबार मध्यान्हसम्म दाबी विरोध र उजुरीमाथि छानबिन गर्ने र दिउँसो ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । 

यसैगरी १३ फागुन अर्थात् शनिबार मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रपतिका लागि २५ फागुनमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ