arrow

खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा अझै छलफल र संशोधन आवश्यक छ: रमेश लेखक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
ramesh-lekhak-nc.jpg

काठमाडौं। नेपाली कांग्रेसका सांसद रमेश लेखकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक महत्वपूर्ण रहेको बताएका छन् । बुधबार संसदमा राष्ट्रिय सभामा निर्मित सन्देशसहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमाथि बोल्दै नेपाली कांग्रेसका सांसद लेखकले विधेयकमा समान प्रयोजनका लागि धेरै संयन्त्र बनाउने अप्ठ्यारो परिस्थिति रहेको बताएका हुन्।

यसो हुँदा कानून आफैँमा बोझिलो हुने र आर्थिक रुपले खर्चिलो हुने उनले बताएका छन् । यस्तै अन्य विधेयकमासमेत हुने गरेको उनले बताएका छन् ।

यस्तै उनले यो विधेयक बनाउने अधिकार संघलाई मात्रै भए पनि यो विधेयकले आफ्ना कामकुराहरु कार्यान्वयन गर्ने क्रममा प्रदेश र स्थानीय तहलाई बिर्सेको र संघीयतालाई मनमा नराखेको बताएका छन्। कहीँ कहीँ स्थानीय तह र प्रदेश राखिए पनि स्पष्ट ढंगले नराखिएको बताएका छन् ।

उनले कुनै पनि विधेयक बनाउँदा मुलुकमा संघीयता भएको विषय बिर्सिन नहुने बताएका छन् । उनले कानूनहरुको एकीकरणमा जाने युग भएको बताउँदै हामीहरु भने एकै विषयमा धेरै कानून बनाइरहेको बताएका छन् ।

यस्तै उनले यो विधेयकमा जम्मा ५६ दफा भएको विधेयकमा २९ ठाउँमा तोकिएको ठाउँमा भनिएको भन्दै पनि आलोचना गरेका छन् । उनले भने, 'यो कानून जारी हुने त्यसपछि सरकारले नियम बनाउने अनि यता ज्यादा तोकिएको भन्दिने कि ऐन भन्दा नियम बलियो, मोटो, ठूलो र खतरापूर्ण हुने देखिएको छ। यसले प्रत्यायोजित विधायन सैद्धान्तिक सीमा नाघ्छ, त्यसकारण प्रत्यायोजित विधायनका बारे सरकार सचेत रहोस् ।'

उनले यो विधेयकमा अझै पनि सैद्धान्तिक छलफल र संशोधन आवश्यक रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ