arrow

वन मन्त्रीले भने- वन मारा मन्त्री आयो भनेर गाली गर्छन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
pradip-yadav-jasapa.jpg

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले  वन तथा वातावरण मन्त्रालय ताली खानेभन्दा पनि गाली खाने मन्त्रालय भएको बताएका छन् । आइतवार राजधानीको एक कार्यक्रममा मन्त्रीले  रुख काट्ने दिए वन मारा मन्त्री आयो भनेर गाली गर्ने गरेको सुनाए । 

उनले भने, “रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनाश गर्‍यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन्, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास विरोधी मन्त्री आयो भन्छन् ।'

उनले आफू र आफ्नो मन्त्रालय विकासको बाधक नभएको बताए । उनले भने, “म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जति दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमूना काम गर्नेछु ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ