arrow

वैदेशिक काठ आयातलाई निरुत्साहित गर्ने वन मन्त्री यादवको अठोट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
pradip-yadav-ban-mantri.jpg

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताएका छन् । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले “सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी” भन्ने मूल नाराका साथ आज आयोजना गरेको सामुदायिक वन दिवस २०७९ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई नेपालमा वैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताए । 

उनले भने, “वनको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र बैदेशिक काठ आयातमा निरुत्साहित गर्ने मेरो योजना छ, सोही अनुसार काम गर्ने छु ।”

यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय बृद्धि भइ वनको हैसियतमा सुधार आएको तथा भू–क्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षण लगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको दाबी गरे । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सामुदायिक वनकै कारण गरिब तथा विपन्न वर्गको जिविकोपार्जनमा सुधार हुनुका साथै सामाजिक बहिस्करणमा परेका महिला, दलित, आदिवासी जनजाति वर्गलाई सामाजिक मूलप्रवाहिकरण, महिला वर्गको नेतृत्व विकास तथा सामाजिक सदभाव कायम राख्न उल्लेख्य योगदान र भूमिका निर्वाह गरेको भन्दै धन्यवादसमेत व्यक्त गरे । 

यसैगरी मन्त्री यादवले हाल विभिद कारणले वन क्षेत्रबाट टाढा रहेका तर वनका परमपरागत उपभोक्ताहरु विशेषतः मधेशी, दलित, जनजाति, आदिबासी तथा मुसलमानहरुको वन पैदावारको माग र आवश्यक्तालाई पनि प्राथमिकताका साथ पूरा गर्नु पर्ने धारणा अघि सारे । 

सोही कार्यक्रममा मन्त्री यादवले वर्तमान अवस्थामा वन ऐनका प्रावधानहरु बमोजिक व्यवस्थापनका लागि नेपालमा करिब २२ हजार ५१९ सामुदायिक वन उपभोक्ता समूहहरुले करिव २३ लाख ५१ हजार ५७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा निकै सहयोग पुगेको जानकारी दिए । 

मन्त्री यादवले विषेश गरी तराई तथा मधेशका नजिक एवं टाढा दुवै स्थानमा बस्ने उपभोक्ताहरुको काठ, दाउरा लगायत वन पैदवारको आधारभूत मागलाई परिपूर्ति गर्न अझै बढी मेहनेत गर्नु पर्ने बताए । 

विश्वमा नै नमूनाको रुपमा रहेको नेपालको सामुदायिक वन कार्यक्रमलाई अझ बढी समूह केन्द्रित, स्वायत्त तथा सशक्त रुपमा अगाडि बढाइने मन्त्री यादवले जानकारी गराए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ