arrow

मन्त्रीलाई चुनौती दिएपछि भवन निर्माण विभागबाट मैनाली मन्त्रालयमा तानिए, दंगाल आए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
ramchandra-dangal-bhawan-bibhag.jpg

काठमाडौ । शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्व फेरिएको छ । शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दंगालले भवन विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् । 

मन्त्रालयको यही जेठ १६ गते सोमबारको निर्णयबाट दंगाल विभागको महानिर्देशक पदमा नियुक्त भएका हुन् । महानिर्देशक पदम मैनालीलाई मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा दंगाललाई नियुक्त गरिएको हो । 

पछिल्लो समय शहरी विकास मन्त्री रामकुमारी झाँक्री र मैनालीबीच सम्बन्ध बिगे्रको थियो । आफूलाई सरुवा गर्न मैनालीले मन्त्रीलाई नै चुनौती दिएका थिए । मैनालीसँग शहरी विकास सचिव रमेश सिंहसँग पनि सम्बन्ध विग्रेको छ ।  

दंगाल २०५३ श्रावण ४ गते इञ्जिनियरको रूपमा निजामती सेवामा सेवा प्रवेश गरेका हुन् । यसअघि उनी विभागको उपमहानिर्देशकको रूपमा कार्यरत थिए । 

उनी शहरी विकास क्षेत्रको जानकारका रूपमा चिनिन्छन् । उनले जलस्रोत इञ्जिनियरिङमा  एमएस्सी पास गरेका छन् । उपसचिव हुँदा उनी सिचाइ विभागमा कार्यरत थिए । उपसचिवबाट सहसचिवमा बढुवा भए पछि उनी शहरीमा गएका थिए । 

कार्यभार सम्हालेपछि उनले संस्थागत हितलाई केन्द्रमा राखेर सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई पालना गर्दै काम गर्ने प्रतिबद्धता जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ