arrow

नयाँ संसद भवनको काम तोकिएको समयमै सक्न उपप्रधानमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
prakashman-singh-05.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले म्याद थप भएको समयभित्रै नयाँ संसद भवनको बाँकी काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

मंगलबार सिंहदरबारमा निर्माण ठेकेदारहरूसँग भएको छलफलका क्रममा उनले संसद भवन बनाउन धेरै समय लागिसकेको र अहिले पनि काम समयमै सकिने हो वा होइन भन्ने प्रश्न उठिरहेको बताए।

“हात्ती छिर्‍यो, पुच्छर अड्कियो जस्तो भएको छ,” उनले भने, “म्याद थप भएको समयमै र ‘वर्किङ क्यालेन्डर’ अनुसार ‘वर्किङ क्यापासिटी’ बढाएर काम गर्नुपर्छ।” उनले सम्झौतामा उल्लेख भएअनुसार काम गर्नुपर्नेमा जोड दिए।

मन्त्री सिंहले संसद भवनको काममा भएको ढिलाइले मन्त्रालयको कामलाई समेत असर गरिरहेको भन्दै मन्त्रालय र निर्माण कम्पनी दुवैले मिलेर बाँकी काम समयमै सम्पन्न गर्न लाग्नुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ