बागमतीका ६ ठाउँमा ट्रास बेरियर, यसरी गर्छ काम [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
698
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । सहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । ६५ लाख खर्च गरेर यस्ता बेरियर राखिएको हो ।
गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा यस्ता बेरियर राखिएको छ । गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, यूएन पार्कमा र कर्मनाशा मिसिने ठाउँ बालकुमारीमा जडान गरिएको छ ।
आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीमा तैरिने फोहरहरु जस्तै प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्राहरु, फोम लगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट संकलन गर्न सजिलो हुन्छ । परीक्षणको रूपमा यसलाई शुरू गरिएको हो ।
प्रारम्भिक रुपमा प्रभावकारी नै देखिएको उनले बताए । पानीको सतह घटबढ हुँदा बेरियर आफैँ तलमाथि हुन्छ । आगामी बर्खा सिजनमा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीहरुमा राख्नेबारे तय गरिने नेपालले बताए ।