arrow

यौन हिंसाको घटना गगनले संसदमा उठाए, हदम्यादको विषयमा पुनर्विचार गर्न आग्रह, छानबिन गर्न सभामुखको निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
gagan-agni-parliament.jpg

काठमाडौं । आठ वर्षअघि आफू बलात्कृत भएको घटनालाई सार्वजनिक गरेकी एक युवतीका आरोपीलाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । 

शुक्रबारको प्रतिनिधि सभाको बैठकको शुरुआतमै बोल्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले यो विषयमा सरकारको कुनै धारणा बाहिर नआएको र सामाजिक संजालमा ब्याप्त भई आक्रान्त पारिरहेको विषयमा चुप लागेर बस्न नहुने भन्दै तत्कालै अभियोगीलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका थिए । 

उनले ‘संसदबाट बनाएको बलात्कारसम्बन्धी कानून फौजदारी संहिताको खासगरी हदम्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक अनुरोध गर्न चाहन्छु’ भनेका थिए । 

त्यसपछि सभामुख सापकोटाले भने, ‘माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सिघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा सिघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

के हो यो घटना ? 
गत बुधबार आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । 

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको बताएकी छिन् । 

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी हुन् । उक्त खुलासापछि सामाजिक संजालमा पीडकलाई कारवाहीको माग भइरहेको छ। 

बलात्कार गर्नेका साथै किशोरीले घटनाबारे जानकारी दिएको तर उनलाई सहयोग गर्न अस्वीकार गरेकालाई पनि कारवाहीको माग भइरहेको छ। मलाई यौन शोषण गर्नेको कार्यालयमै गएको दिन मैले कोरियोग्राफरलाई फोन गरेकी थिएँ तर मलाई किन भन्छेस् भन्दै उल्टै हप्काएर फोन राखिदिइन्’ उनको भनाइ छ । 

उक्त प्रतियोगिताको कोरियोग्राफी गरेकी पूर्वमिस नेपाल माल्भिका सुब्बाले उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक संजालमार्फत माफी मागेकी छिन् । त्यसैगरी फोटोग्राफी गरेका श्रीधर पौडेलले मोडलिङ एजेन्सीले बोलाएकाले व्यावसायिक रूपमा फोटो खिचेको र त्यसबापतको पारिश्रमिक लिएको बताउँदै मिडियामा उनले कानूनी उपचारमा पीडितलाई सघाउन आफू तयार रहेको बताएका छन् । 

उक्त प्रतियोगिता भिसा ग्लोबल कन्सल्टेन्सीका प्रमुख मनोज पाण्डेले आयोजना गरेका थिए । यो भिडियो सार्वजनिक भएपछि भने उनी सम्पर्कविहीन छन् । 
 
यौन हिंश्रकलाई कारबाही गर्न माग गर्दैै राजधानीमा प्रदर्शन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ