arrow

बारा कांग्रेस सभापतिमा यादव, जिते ५२ मतान्तरले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
rajesh-ray-yadav-bara-congress.jpg

बारा । नेपाली कांग्रेस बाराको सभापतिमा राजेश राय यादव विजयीि भएका छन् । उनले निकटतम प्रतिस्पर्धी शम्भुबहादुर बुढाथोकीलाई मात्र ५२ मतले पराजित गरेका हुन् । 

यादवले एक हजार २०६ मत प्राप्त गरे । बुढाथोकीले एक हजार १५४ मत पाए । प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए । 

नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ