बारा कांग्रेसमा पुनः मतदानको व्यवस्था गरिँदै, शनिबारका मत नष्ट
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
525
Shares
काठमाडौं । नेपाली कांग्रेस बाराको नयाँ निर्वाचनका लागि छलफल हुँदैछ । सहमति भएपछि मात्र पुनः मतदानको व्यवस्था गरिने बारा कांग्रेसले जनाएको छ ।
यसअघि शनिबार जिल्ला सभापतिसहित कार्यसमिति चयन गर्न भएको मतदानमा फर्जी मत खसालेको पाइएपछि मतदान नै रद्द भएको थियो । कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो ।