arrow

प्रदेश २ मा देउवा पक्षको वर्चस्व: महामन्त्रीमा पराजित नरेश यादवले दिए उजुरी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७८ पुष १० शनिबार
congres-pradesh-2.jpg

जनकपुरधाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार राति १० बजे सम्पन्न पदाधिकारीको मतगणना परिणाम अनुसार उपसभापतीमा बिरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादब विजयी भएका छन् । त्यसैगरी महामन्त्रीमा उपेन्द्र कुमार यादब र बृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन् ।

सहमहामन्त्री खुल्लातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिलातर्फ बिन्दु कुमारी यादव विजयी भएकी हुन् । यसअघि सभापतिमा कृष्ण यादव विजयी भइसकेका छन् । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन्।

सभापती सहित कुल आठ पदाधिकारीमा शेर बहादुर देउवा समूह आठ मध्ये आठवटै पदमा विजयी भएको छ । प्रदेश २मा  १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो। उपसभापती, महामन्त्री, सहमहामन्त्री खुल्ला र महिलातर्फ गरि विभिन्न पदका उम्मेदवारहरुले तपसील बमोजिमको मत ल्याएका छन् ।

उपसभापति
चन्द्रशेखर यादब– ८९५ निर्वाचित
धनलाल ठोकर–६३६
बिनोद कुमार खनाल–७४०
बिरेन्द्र प्र सिंह – १०१९ निर्वाचित
राधा प्र यादब– १२४

महामन्त्री
उपेन्द्र कुमार यादब– ९५९ निर्वाचित
नरेश यादब– ७७५
बिनोद चौधरि– १९५
बृहस्पति कृष्ण श्रेष्ठ – ७८८ निर्वाचित
हरेश प्र महतो–७०३

सहमहामन्त्री
अरबिन्द अमात्य –२५७
जय नारायण प्र यादब–८७९ निर्वाचित
नारायण चौधरी–६०१
प्रशुराम चौधरी– ८२२ निर्वाचित
बिनोद कुमार यादब–६९१
रामनारायण महासेठ–९७

सह महामन्त्री महिला
बिन्दु कुमारी यादब– ८८९ निर्वाचित
भीमादेवी शर्मा – ५३२
रिता यादब– १५६
रेखादेवी महरान–७६

नरेश यादवको आपत्ति र उजुरी

महामन्त्रीमा १३ मतान्तरले पराजित भएको भनिएका नरेश यादव भने मतपरिणामप्रति आपत्ति जनाउँदै जुरुरी दिएका छन् ।

उनलाई पहिला विजयी भनेर घोषणा गरिएको तर पछि उनको स्थानमा बृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको भन्दै उनले निर्वाचन समितिमा उजुरी दिएका छन् ।

अन्तिम मतपरिणाम अनुसार विजयी भनिएका श्रेष्ठको मत ७८८ छ भने यादवको मत ७७५ रहेको छ । सुरुमा नरेशका समर्थकहरुले विरोध जनाएको र पछि निर्वाचन समितिमा उजुरी दिएका छन् ।



लोकप्रिय समाचार
नयाँ