arrow

प्रदेश २ मा बाँकी पदाधिकारीको मत गणना जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
congres-pradesh-2.jpg

जनकपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश नम्बर २ सभापतिको नतिजा सार्वजनिक भएपछि बाँकी पदाधिकारीहरुको मत गणना जारी छ ।

पहिलो प्रदेश कार्यसमिति चयनका लागि बिहीबार बिहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो।

मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो। सभापतिमा कृष्ण यादव विजयी भइसकेका छन् ।

शुक्रबारबाट शुरु भएको बाँकी पदाधिकारीको ६९६ मत मतगणना भइसकेको छ । कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ