महिला खुला केन्द्रीय सदस्यको मतगणना शुरु, नौ सिटका लागि ३० जनाबीच भिडन्त
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
734
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतगणना जारी रहेको छ । पदाधिकारीको मतपरिणाम आइसकेपछि केन्द्रीय सदस्यहरुको गणना भइरहेको छ । आज साँझ पुरुष खुला ३५ जना सिटका लागि भएको गणना सकिएलगत्तै महिला खुला ९ जनाको लागि भएको मतदानको गणना शुरु भएको छ ।
यो समूहमा ३० जना उम्मेदवारबीच भिडन्त भइरहेको छ । जसमा अकला गुरुङ, अनिता देवकोटा, अम्बिका सुवेदी, आम्बिका शर्मा लामिछाने, अम्बिका बस्नेत, डा. आरजू राणा देउवा, ईश्वरी न्यौपाने, उमा दाहाल, उषाकुमारी राउत, कल्पना अधिकारी, किरण कोइराला र गौरीकुमारी श्रेष्ठ रहेका छन् ।
त्यसैगरी जमुना ढकाल, डा. डिला संग्रौला पन्त, तुलसा पन्त, धन खतिवडा, नम्रता बराल, पुष्पा भुषाल, बासना थापा, बिजुला बर्मा राणा, मोदती केसी, रंगमती शाही, रमा कोइराला पौडेल, रिता दवाडी, रुक्मिणीदेवी कोइराला, शान्ती कार्की, सुशीला ढकाल आचार्य, सरिता प्रसाई, सावित्री बोगटी पाठक र सीतादेवी देवकोटा पाण्डे रहेका छन् ।