उपसभापतिको मतगणना: ३५ सय ५८ मत गन्दा कसलाई कति मत ?
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
714
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणना जारी छ । सात जना प्रतिस्पर्धीहरु भिडन्तमा रहेकामा दुई जना निर्वाचित हुनेछन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ३५ सय ५८ मत गन्दा पूर्णबहादुर खड्काले १६३४ मत ल्याएका छन् ।
धनराज गुरुङले १४ सय ३७ मत ल्याएका छन् ।
विजयकुमार गच्छदारले १४४३ मत ल्याएका छन् ।
डा. चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन् ।
महेश आचार्यले ४१३ मत ल्याएका छन् ।
सुजाता कोइरालाले ४३८ मत ल्याएकी छिन् ।
दिव्यश्वरी शाहले ११७ मत ल्याएकी छिन् ।
गुरुङ र भण्डारी संस्थापन इतरका हुन् । खड्का र गच्छदार संस्थापनका हुन् ।
सुजाता प्रकाशमान सिंह पक्षकी हुन् । दिव्यश्वरी विमलेन्द्र निधी प्यानलकी हुन् ।